कमलपोखरी डुबानमा परेपछि वडाध्यक्ष बराल भन्छन्, ‘आत्तिनुपर्ने अवस्था छैन’
पाेखरा | साउन १७, २०७९
पोखरा । पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बरालले डुबानमा परेको कमलपोखरीका बासिन्दालाई नआत्तिन आग्रह गरेका छन् । उनले बिस्तारै पानीको सतह कम भएको बताउदै स्थानीयलाई नआत्तिन आग्रह गरेका हुन् ।
करिब सय बढि घर डुबानमा परेपछि स्थानीयको दैनिकीमा प्रभाव परेको बताउँदै निकासको लागि पहल गरिरहेको उनले बताए । ‘हामीले निरन्तर जाली सफा गरिरहेका छौ, उनले सुनगाभा न्यूजसँग भने, ‘अहिले पानीको सतह केही कम भएको छ । आत्तिनु पर्ने कुनै अवस्था छैन ।’
सो क्षेत्र डुबानमा परेपछि संभावित जोखिम न्यूनिकरण गर्न बराल नेतृत्वको टोलीले स्थलगत अवलोकन गर्दै आएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन ।
वडाध्यक्ष बरालका अनुसार सो क्षेत्र बर्षेनी डुबानमा पर्दै आएको छ । बर्षेनी डुबानमा परेपनि सो सिमसार क्षेत्रमा नयाँ घर भने धमाधम निर्माण हुदैं आएको छ । सरोकारवाला तथा सरकारी निकायले उक्त क्षेत्रलाई डुबानबाट जोगाउन आवश्यक संरचनाहरु निर्माण गर्नुपर्ने आवश्यक देखिन्छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

